रेमिट्यान्समा खाडी राष्ट्रकै योगदान उच्च, सबैभन्दा बढी कतारबाट

News Uncategorized ଆଧ୍ୟାତ୍ମିକ ଆମ ରୋଷେଇ ଓଡିଶା କାହାଣୀ/ଗଳ୍ପ କୁଇଜ଼ କ୍ରାଇମ ଖାଦ୍ୟ ଖେଳ ଖବର ଗୁରୁବାର ଜୀବନଚର୍ଯ୍ୟା ଟେକ୍ନୋଲୋଜି ଦେଶ ବିଦେଶ ଦୈନିକ ପର୍ବ ପର୍ବାଣୀ ବାସ୍ତୁ ଶାସ୍ତ୍ର ବିଶେଷ ବୁଧୁବାର ଭାଇରଲ ଭିଡ଼ିଓ ମଙ୍ଗଳବାର ରବିବାର ରାଶିଫଳ ରୋଗ ଓ ଘୋରେଇ ଉପଚାର ଶନିବାର ଶୁକ୍ରବାର ସମାଚାର ସଲାମ ସୋମବାର

काठमाडौं । देशको अर्थतन्त्र धान्ने मुख्य आधारमा रेमिट्यान्समा खाडी राष्ट्रहरुमा रोजगारीमा रहेका नेपालीहरुको योगदान उच्च रहेको पाइएको छ । नेपाल राष्ट्र बैंकले गरेको रेमिट्यान्स आप्रवाहसम्वन्धी अध्ययनले देशमा भित्रने रेमिट्यान्समध्ये आधा भन्दा बढि योगदान विभिन्न खाडी राष्ट्रका कामदारहरुले गरेको छन् ।

नेपालमा कुल रेमिट्यान्समध्ये खाडी राष्ट्रबाट ५०.३ प्रतिशत भित्रने गरेको छ । यी मुलुकहरुमध्ये सबभन्दा वढी विप्रेषण कतार (१७.७ प्रतिशत) बाट प्राप्त भएको छ भने दोश्रो स्थानमा यू.ए.ई. (१३.४ प्रतिशत) रहेको छ ।

साउदी अरेबिया तथा मलेशियाबाट प्राप्त विप्रेषण कुल विप्रेषणको क्रमशः १२.५ प्रतिशत र ९.७ प्रतिशत रहेको छ । बहराइन तथा कुवेत जस्ता खाडी मुलुकहरुबाट प्राप्त हुने विप्रेषण रकम कुल विप्रेषणको ४ प्रतिशत भन्दा कम रहेको पाइएको छ ।

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको कात्तिकसम्ममा सबैभन्दा धेरै कतारबाट ५३ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स आएको छ ।प्रमुख श्रम गन्तव्य मलेशियामा कामदार जाने क्रम बन्द भएका कारण आर्थिक वर्ष २०७५/७६ मा मलेशियाबाट प्राप्त विप्रषेण पनि घटेको छ । मलेशियासँग द्विपक्षीय सम्झौता पश्चात् आगामी दिनमा मलेशिया जानेको संख्याका साथै त्यहाँबाट प्राप्त विप्रेषणमा वृद्धि हुने अध्ययनमा उल्लेख गरिएको छ ।

देशका आधारमा कतारपछि सबैभन्दा बढि रेमिट्यान्स छिमेकी मुलुक भारतबाट आएको देखिन्छ । तर पछिल्लो समयमा भारतको आर्थिक वृद्धिदरमा आएको कमीका कारण भारतबाट प्राप्त हुने विप्रेषण आप्रवाह प्रभावित हुन सक्ने प्रतिवेदनमा औल्याएको छ ।

आर्थिक वर्ष २०५७/५८ मा रेमिट्यान्सको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात १०.७ प्रतिशत रहेकोमा आव २०७५/७६ मा २५.४ प्रतिशत पुगेको छ । रेमिट्यान्समा परनिर्भरता बढ्दै गएका बेला यसका नकारात्मक असर समेत देखा पर्न थालेको छ । रेमिट्यान्स उत्पादनमुलक क्षेत्रमा प्रयोग हुन नसकेको र यसले अर्थतन्त्रमा नकारात्मक असर पर्न थालेको समेत विज्ञहरुले औल्याउदै आएका छन् ।

नेपाल जीवनस्तर सर्वेक्षण २०६७÷०६८ अनुसार विप्रेषण प्राप्त गर्ने घरपरिवारको कुल आम्दानीको ३१ प्रतिशत हिस्सा रेमिट्यान्सले ओगटेको छ । तर, प्राप्त रेमिट्यान्स रकम मध्ये ७८.९ प्रतिशत रकम घरायसी उपभोगमा, ७.१ प्रतिशत ऋण तिर्न, ३.५ प्रतिशत शिक्षामा र ४.५ प्रतिशत घरायसी सम्पत्तिमा खर्च गरी ०.६ प्रतिशत मात्र बचत गर्ने गरेको देखिएको छ ।

यसैगरी रेमिट्यान्सको प्रभावबारे साउती नेपालले गरेको अध्ययनमा रेमिट्यान्सका कारण नेपालीहरु अल्छी बन्दै गएको समेत उल्लेख गरिएको थियो । अध्ययन प्रतिवेदनका अनुसार रेमिट्यान्स प्राप्त भएपछि गैरकृषि क्षेत्रमा स्वरोजगार भएका नेपालीहरुको काम गर्ने समय प्रतिहप्ता २.४ घण्टा कम भएको छ। यसैगरी कृषि क्षेत्रमा स्वरोजगार भएकाले १.६ घण्टा कम र तलवी कर्मचारीका रुपमा काम गर्नेले प्रतिहप्ता २.४ घण्टा कम काम गर्ने गरेको प्रतिवेदनले औल्याएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *