सदनको सभामुखमा ‘अग्नि सर’

News Uncategorized ଆଧ୍ୟାତ୍ମିକ ଆମ ରୋଷେଇ ଓଡିଶା କାହାଣୀ/ଗଳ୍ପ କୁଇଜ଼ କ୍ରାଇମ ଖାଦ୍ୟ ଖେଳ ଖବର ଗୁରୁବାର ଜୀବନଚର୍ଯ୍ୟା ଟେକ୍ନୋଲୋଜି ଦେଶ ବିଦେଶ ଦୈନିକ ପର୍ବ ପର୍ବାଣୀ ବାସ୍ତୁ ଶାସ୍ତ୍ର ବିଶେଷ ବୁଧୁବାର ଭାଇରଲ ଭିଡ଼ିଓ ମଙ୍ଗଳବାର ରବିବାର ରାଶିଫଳ ରୋଗ ଓ ଘୋରେଇ ଉପଚାର ଶନିବାର ଶୁକ୍ରବାର ସମାଚାର ସଲାମ ସୋମବାର

काठमाडाैं। “हाम्रो चयन उपयुक्त रहेछ। कुनै पनि दलले उहाँको विकल्पमा अर्को प्रस्ताव सार्नुभएन”, यो भनाइ हो नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता सुवास नेम्वाङको।

प्रतिनिधिसभाको आइतबारको बैठकमा नेकपा स्थायी समिति सदस्य एवं सांसद अग्निप्रसाद सापकोटालाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव राख्दै उपनेता नेम्वाङले सभाध्यक्षका लागि आफूहरुको चयन उपयुक्त भएको बताएर पार्टीको निर्णय सही भएको स्पष्ट पारेका थिए।

नेता सापकोटा लामो समयदेखि संसदीय प्रक्रियामा सहभागी रहेको र राजनीतिमा आउनुअघि कुशल शिक्षक समेत रहेकाले सभामुखका लागि उनी उययुक्त पात्र रहेको पूर्व सभामुखसमेत रहेका नेम्वाङको भनाइ थियो।

‘कञ्चन’ उपनामले चिनिने सापकोटालाई आम मानिसले हेडसरका रूपमा चिन्छन्। राजनीतिमा लाग्नुभन्दा अघि लामो समय शिक्षक हुँदै प्रधानाध्यापकसमेत भएका उनलाई सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक दोलखा, सिन्धुली र रामेछापका धेरैजसोले ‘माड्साप’ वा ‘अग्नि सर’ का रूपमा चिन्छन्।

धेरैले ‘अग्नि सर’ का रूपमा चिन्ने सापकोटा आइतबार प्रतिनिधिसभाको नयाँ सभामुखका रूपमा निर्वाचित भए। संविधानसभाबाट जारी भएको संविधानपछि गठन भएको प्रतिनिधिसभाको दोस्रो सभामुखका रूपमा सापकोटाले आफ्नो यात्रा तय गरेका हुन्।

संसदीय गतिविधिमा लामो समय व्यतित गर्नुभएका पूर्वसभामुख एवं नेकपा संसदीय दलका उपनेता नेम्वाङले भने जस्तै सापकोटा लामो समयदेखि यो क्षेत्रमा क्रियाशील छन्। “जीवनकालमा राम्रो र मेहेनती शिक्षकका रूपमा क्रियाशील रहनु भएकाे थियाे।

यी सबै पृष्ठभूमिलाई ध्यान दिएर माननीय अग्निप्रसाद सापकोटाबाट प्रतिनिधिसभाले निर्वाह गर्नुपर्ने भूमिका बहन हुन्छ भने आशा लिएको छु”, उनले भने।

सापकोटालाई सभामुख बनाइयोस् भन्ने नेम्वाङको प्रस्तावलाई नेकपा संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङ, पूर्वसभामुख ओनसरी घर्ती र राजपा सांसद लक्ष्मणलाल कर्णले समर्थन गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *