अनाधिकृत व्यक्तिले आफ्नो नाममा बनाएको जग्गा फिर्ता गर्ने अभियानमा छौँ : मन्त्री अर्याल

News

काठमाडौं, १३ माघ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मोकुमारी अर्यालले सरकारले अब हजारका हजार जमिन सरकारका नाममा फिर्ता गर्ने बताउनुभएको छ । मन्त्रालयले दुई वर्षको अवधिमा गरेका प्रगति विवरणका बारेमा जानकारी दिन आयोजना गरिएको कार्यक्रममा बोल्दै मन्त्री अर्यालले त्यस्ता बताउनुभएको हो ।

त्यस अवसरमा मन्त्री अर्यालले एक सय २५ बिघा १६ कट्ठा सरकारी तथा सार्वजनिक जग्गा सरकारको नाममा फिर्ता गरेको जानकारी दिनुभएको हो । सरकार अनाधिकृत व्यक्तिले आफ्नो नाममा बनाएको जग्गा फिर्ता गर्ने अभियानमा छ । सबै ठाउँको डिटेल आइसकेको छैन विस्तारै सबै ठाउँको डिटेल आउछ, मन्त्री अर्यालले भन्नुभयो, हामीले एक सय २५ विघा १६ कट्ठा सरकारीरसार्वजनिक जग्गा दुषित बदर गरेका छौ ।

मन्त्री अर्यालले सर्लाहीको बरहथवाबाट औपचारिक रुपमा जग्गा बदर कार्य शुरु गरेको भन्दै अब हजारका(हजार संख्यामा जमिन फर्काउने अभियानमा रहेको बताउनुभयो । उहाँले सरकारी, सार्वजनिक र गुठीबाहेक १३ लाख ३३ हजार ७ सय ८३ वर्गमिटर जग्गा शंकास्पद देखिएकाले कारोबार रोक्का गरिएको समेत जानकारी दिनुभयो ।

मन्त्री अर्यालले २६ हजार १७६ हेक्टर जमिनको पुन नापी, गाउँ ब्लक नापी र बिशेष नापी गरिएको बताउनुभयो । उहाँले उदयपुरको बेलका नगरपालिका-३ को १० वर्ग किलोमिटर क्षेत्रभित्र १७ सय ८६ घरधुरीको ३३ सय कित्ता जग्गाको अनौपचारिक भूसम्वन्धको तथ्यांक संकलन गरिएको छ जानकारी दिनुभयो ।

मन्त्री अर्यालले सरकार अभियानका साथ राज्यको जमिन फिर्ता गराउने अभियानमा लागेको भन्दै यस कार्यमा साथ दिन समेत आग्रह गर्नुभयो । ुजमिनको व्यवस्थापन कार्य निकै कठिन कार्य हो । हामीकहाँ थुप्रै जमिनहरू विभिन्न नाममा दोहन भएका छन् । त्यसलाई फर्काउने अभियानमा सरकार लागेको छ । यसमा तपाईहरूको साथ सहयोगको आवश्यक्ता छु, मन्त्री अर्यालले भन्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *