कांग्रेस बैठक : महाधिवेशनको कार्यतालिका संशोधन

News

काठमाण्डौ – शीर्ष नेताहरुबीच भएको सहमति अनुसार नै नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले १४ औं महाधिवेशनको कार्यतालिका संशोधन गरेको छ ।सभापति शेरबहादुर देउवाको अध्यक्षतामा पार्टी कार्यालय ललितपुरमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशनको कार्यतालिका संशोधन गर्ने निर्णय गरेको हो ।

गएको मंसिर २६ गते बोलाइएको केन्द्रीय समिति बैठब वरिष्ठ नेता रामचन्द्र पौडल र कृष्णप्रसाद सिटौला समूहले बहिष्कार गरेपछि सुरुभएको विवाद त्यसको डेढ महिनापछि माघ १० मा बूढानिलकण्ड बैठकमा टुंगिएको थियो ।बूढानिलकण्ठ बैठक अनुसार नै सोमबार केन्द्रीय कार्यसमिति बैठक बसेर १४ औँ महाधिवेशनको कार्यतालिका संशोधन गर्ने निर्णय गरेको हो ।

महाधिवेशन अर्को वर्ष फागुन ७ गतेदेखि १० गतेसम्मलाई यथावत नै राखेर अन्य तालिका हेरफेर गरिएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।संशाेधित अधिवेशनकाे कार्यतालिका

(क) गाउँ/नगर वडा अधिवेशन – २०७७ कात्तिक १६ गते (ख) गाउँ/नगरपालिका अधिवेशन – २०७७ कात्तिक १८ गते (ग) प्रदेश सभा क्षेत्रीय अधिवेशन – २०७७ कात्तिक २१ गते (घ) प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन – २०७७

कात्तिक २३ गते (ङ) एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन – २०७७ कात्तिक २५ गते (च) सातै प्रदेशकाे अधिवेशन – २०७७ मंसिर २९ गते (छ) केन्द्रीय महाधिवेशन – २०७७ फागुन ७, ८, ९ र १० गते काठमाण्डाै । यस्तै बैठकले पार्टीकाे अन्तरिम संरचना समायोजनकाे काम माघ मसान्तभित्रै सक्ने निर्णय पनि गरेकाे छ । यस्तै क्रियाशील सदस्यता छानविन समिति बनाउने निर्णय पनि बैठकले गरेको छ । यसको संयोजक र सदस्यहरु भने नेताहरुसँग छलफल गरेर पार्टी सभापतिले ताेक्ने निर्णय भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *